काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

जनपत्र
२४ फाल्गुन २०७७, सोमबार ०८:४८

काठमाण्डाै – आज पनि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठकाअनुसार आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली रहने छ । दिउँसोपछि पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो।

आज सुदूरपश्चिम प्रदेशको मौसम  पूर्णरुपमा बद्ली हुने र त्यहाँका हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । तराईका जिल्लाको मौसम भने आंशिक बद्ली हुनेछ । भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने अनुमान छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसम बद्ली भएको मौसमविद्को भनाइ छ । पर्सिदेखि भने बिस्तारै मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*