म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम, युनाइटेडसँग पराजित

जनपत्र
२४ फाल्गुन २०७७, सोमबार ०७:२१

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको २१ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गाेल अन्तरले हराएको हो । युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एक/एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको युनाइटेडका लागि ब्रुनोले गोल गरे । त्यस्तै खेलको ५० औं मिनेटमा लुकीसोले गोल गरेपछि युनाइटेड महत्त्वपूर्ण तीन अङ्क जोड्न सफल भयो । जितपछि युनाइटेड ५४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानमा रहेको सिटीको ६५ अङ्क छ । दुवै टोलीले समान २८/२८ खेल खेलेका छन् । तेस्रो स्थानमा रहेको लेस्टर सिटीको भने ५३ अङ्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*