देशभरको मौसममा बदली, पहाडी क्षेत्रमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जनपत्र
२४ फाल्गुन २०७७, सोमबार ०७:२०

अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसममा बदली रहेको छ । अहिले सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू-भागहरूमा पूर्ण बदली रही अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ । देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरुको थोरै स्थानहरुमा तथा बागमती र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षा को सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*