बुर्का वा निकाबसहितका अनुहार छोप्ने लुगामा प्रतिबन्ध लगाउने पक्षमा मत

स्वीट्जरल्याण्डमा सार्वजनिक स्थानमा बुर्का र निकाबसहितका अनुहार छोप्ने लुगा लगाउन नपाउने व्यवस्था पारित गरेको छ । मुस्लिम महिलाले लगाउने बुर्का वा निकाबसहितका अनुहार छोप्ने लुगा सार्वजनिक स्थान प्रतिबन्ध गर्ने पक्षमा सामान्य बहुमत आएको हो । स्वीट्जरल्याण्डमा आइतबार भएको जनमत संग्रहमा बुर्कासहितमा प्रतिबन्ध लगाउने पक्षमा ५१।२ र विपक्षमा ४८.८ प्रतिशत मत खसेको हो ।
दक्षिणपन्थी स्वीड पिपुल्स पार्टी ‘एसभिपी’ ले बुर्का, निकाबसहितका अनुहार छोप्ने लुगामा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको थियो । सो पार्टीले अतिवादलाई यस्ता गतिविधिले बढावा दिने दाबी गर्दै आएको छ । स्वीट्जरल्याण्डको प्रमुख इस्लामिक समूहले मुसलमानहरुका लागि जनमतसंग्रह कालो दिनका रुपमा रहने बताएको छ ।
स्वीस सरकारले प्रतिबन्धको विरोध गर्दै आएको थियो । राज्यले महिलाले के लगाउनु हुन्छ वा हुँदैन भन्ने अधिकार राज्यसँग नरहेको स्वीस सरकारको थियो । तर जनमत संग्रहमा बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा झिनो बहुमत प्राप्त भएको हो ।
जर्मनीको लुसेर्नी विश्वविद्यालयले गरेको अध्ययन अनुसार स्वीट्जरल्याण्डमा लगभग कसैले पनि बुर्का लगाउँदैनन् । यस्तै मात्रै ३० महिलाले निकाब लगाउने गर्छन् । स्वीट्जरल्याण्डको कुल जनसंख्याको झण्डै पाँच प्रतिशत मात्रै मुस्लिम छन् । उनीहरु अधिकांश टर्की, बोसनिया र कोसोभोबाट आएका हुन् ।