मकवानपुरका महिला पत्रकारको अवस्थाका विषयमा अन्तरक्रिया

जनपत्र
२३ फाल्गुन २०७७, आईतवार १८:४२

हेटौंडा । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को आयोजनामा एक सय ११ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा मकवानपुरका महिला पत्रकारको अवस्थाका विषयमा आज पत्रकार महासंघ मकवानपुरको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

संस्थाकी उपाध्यक्ष शुभलक्ष्मी विश्वकर्माको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष संझना कार्की, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पुर्ब अध्यक्ष राममणि दाहाल, प्रेश युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, संचारिका समुह बागमती प्रदेशका अध्यक्ष सरिता दाहाल, प्रेस संगठन मकवानपुरका संयोजक अन्जली थापा, प्रेस संगठनका अर्का संयोजक धर्मेन्द्र दाहाल लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

क्रियाशिल पत्रकार महिला मकवानपुरका संस्थापक अध्यक्ष रंजिता डंगोलले महिला पत्रकारको अवस्थाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । संस्थाका सचिब भावना रिजालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*