बिभीन्न क्षेत्रमा उत्कृष्ट रुपमा काम गर्ने महिलालाई हेटौंडामा सम्मान

जनपत्र
२३ फाल्गुन २०७७, आईतवार १८:०५

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको आयोजनामा १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा आज हेटौंडामा सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले महिला अधिकारका लागि आफु लागिरहने वताउनुभयो ।

महिलाहरुलाई हरेक क्षेत्रमा अगाडी बढानका लागि स्थानीय सरकारले काम गरिरहेको वताउनुभयो । बिभीन्न फरक क्षेत्रमा काम गरेका महिलाहरुलाई आजकै दिन पारेर सम्मान समेत गरिएको वताउनुभयो । कार्यक्रम उपमेयर मिना कुमारी लामाको अध्यक्षतामा भएको हो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा उपमहानगरपालिका बिभीन्न कठिन क्षेत्रमा लामो समय देखि काम गर्दै आएका महिलाहरुलाई सम्मान गरेको छ ।


आजको कार्यक्रमबाट हेटौंडा उपमहानगरपालिका स्तरिय महिला जागरण समुह आज गठन गरिएको उपमहानगरपालिका महिला तथा बालबालिका विकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछानेले वताउनुभयो । आजको कार्यक्रमबाट तारा ढुंगानाको अध्यक्षतामा १५ सदस्य जागरण समुह गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा संगिता वाइवा, सचिबमा निशा लामा, कोषाध्यक्षमा जमुना तितुङ चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा दुर्गा नेपाल, मेनुका देवि पौडेल, खिना मायाँ कटुवाल, रिता तिमल्सीना, कल्पना घिमिरे पराजुली, पशुपति मोक्तान, कंकडा देवि आले मगर, रेरिना लामा, रेनुका कुमारी घिमिरे, अस्मिता श्रेष्ठ, संगिता पहेली चयन हुनु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*