मकवानपुरका ४१ वटा खोप केन्द्रबाट १७ हजार जना बृद्धबृद्धालाई कोरोना विरुद्धको खोप लगाइदै

जनपत्र
२३ फाल्गुन २०७७, आईतवार ०७:३८

हेटौंडा । कोरोना भाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान दोस्रो चरणमा आजबाट सुरु भएको छ । यो अभियान अनुसार मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका ४१ वटा खोप केन्द्रहरुबाट खोप लगाउन लागिएको हो । यो अभियानमा १७ हजार जना बृद्धबृद्धाहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले वताउनुभयो ।

कोभिड १९ विरुद्धको खोप अभियान जिल्ला खोप समन्वय समिति मकवानपुरले आजबाट दोस्रो चरणको खोप अभियान सुरु हुने जानकारी गराएको हो । दोस्रो चरणको खोप ५५ वर्ष उमेरभन्दा माथीकालाई रहेको समितिले जनाएको छ ।

गत महिना माघ १४ गतेदेखि फाल्गुन ९ गतेसम्म पहिलो चरणमा खोप वितरण गरिएको थियो । जसमा माघ १४—२४ गतेसम्म प्राथामिकता नम्बर १ मा परेका लक्षित क वर्ग, माघ २६ देखि २८ सम्म कारागार कैदी बन्दी, कर्मचारी सुरुक्षाकर्मी तथा वृद्धाआश्रममा रहेका आश्रित एंव कर्मचारी र ख वर्गको समुहमा परेकालाई फाल्गुन २ गतेखि ९ गतेसम्म पहिलो चरणको खोप वितरण गरेको हो ।

स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्ययले समितिले लक्ष्य गरेको पाँच हजार सातसय १९ मा दुईहजार सातसय ७२ ले मात्रै खोप लगाएको जानकारी दिनुभयो । जसमा पुरुष तर्फ दुईहजार दुईसय ७२ छन् भने महिला तर्फ पाँचसय २३ रहेको समितिको तथ्याङमा उल्लेख छ । तथ्याङलाई विश्लेषण गर्दा पहिलो चरण ४८ प्रतिशतलेमात्रै खोप लगाएको देखिन्छ ।

दोस्रो चरणको जिल्ला स्तरमा भएका गतिविधि र कार्य योजनामा समितिले जिल्ला स्तरमा सुक्ष्म योजना तर्जुमा गोष्ठी, खोप कार्यकर्ता तालिम, खोप समन्वय समितिको बैठक, पत्रकार अन्तरक्रिया र अभियानबारे प्रचार प्रसार गरिरहेको छ । त्यस्तै पालिका स्तरमा पालिका एवं वडा खोप समन्वय समितिको बैठक, खोप अभियानमा संलग्न हुने स्वयंसेवकको तालिम, अभियानबारे प्रचार प्रसार गरिरहेको उपाध्ययले जानकारी दिनुभयो ।

जिल्लाको ४१ खोकेन्द्रबाट खोप लगाईन्छ । जसमा हेटौंडा उपमहानगरपालिकाको पाँच स्थान, थाहा नगरपालिकामा ६ स्थानमा खोप केन्द्र रहेको छ । त्यस्तै इन्द्रसरोवर गाँउपालिकामा चार स्थान, कैलाशमा पाँच, राक्सीराङमा चार, मनहरीमा तीन, भिफेदीमा चार, मकवानपुर गढीमा तीन, बैकया गाँउपालिकामा चार र बागमती गाँउपालिकाबाट चार स्थानमा खोप केन्द्र रहेको समितिले जानकारी दिएको छ । ५५ वर्ष भन्दा माथीकाले ५७ हजार एकसय एकले खोप लगाउने लक्ष्य समितिले राखेको छ भने, ६५ वर्षभन्दा माथीका वर्ष उमेरकाले १७ हजार पाँचसयले लगाउने लक्ष्य उपाध्यायको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*