राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आँच पुर्याउने कुनैपनि गतिविधि हुन दिन्नौ- महासचिब बिष्ट

हेटौंडा । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारको हक अधिकार कायम गर्नका लागि महासंघले धेरै काम गरेको वताउनुभएको छ ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको १२ औँ वार्षिक साधारणसभाको आज हेटौंडा १७ सालक पार्कमा उद्घाटन् गर्दै उहाँले नागरिकका धेरै संस्थाको बिचमा महासंघ अगुवा भएर नागरिकको पक्षमा लडिरहेको वताउनुभयो ।
राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आँच पुर्याउने कुनैपनि गतिविधि हुन नहुने वताउनुभयो । चलचित्र पत्रकार संघ नेपालको संगठन उपाध्यक्ष कुवेर डंगोगले मकवानपुरमा पनि चलचित्र छायाँकनको लागि उपयुक्त भएको बताउँदै चलचित्रको छायाँकनबाट स्थानीय पर्यटन प्रर्वद्धन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पुर्व अध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, मकवानपुरका चलचित्र निर्देशक गोविन्द गौतम, चलचित्र निर्देशक रमेश राई, चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, बागमती प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाल, प्रेस युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो ।