कपाल धुँदा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती

जनपत्र
२२ फाल्गुन २०७७, शनिबार ०६:४०

हामी सबै आफ्नो कपाल सुन्दर, कमलो र चमकदार होस् भन्ने चाहन्छौं । कपाल धेरै नझरोस् र जस्तो स्टाइल पार्न पनि मिलोस् भन्ने पनि हाम्रो चाहना हुन्छ । आजकलका विज्ञापनले पनि यो चाहनालाई लक्षित गरिरहेका हुन्छन् ।

तर सबैखाले सिफारिश र विज्ञापनले काम गर्छन् भन्ने छैन । अनि सोचेजस्तो नभएपछि मानिसहरू निराश हुन्छन् । त्यसैले यस्ता विज्ञापनका पछि लाग्नु भन्दा केही सामान्य गल्तीलाई नदोहो–याउने हो भने कपाल राम्रो हुन्छ ।

१ रुमालले कपाल नसुकाउने
रुमालले कपाल सुकाउन खोज्दा कपाल जर्खरिन्छ र यसकारण कपाललाई हानि हुन्छ । यसको साटो तपाईं टिशर्ट कपालमा बाँध्नुस् वा पेपर ब्लट प्रयोग गर्नुस् ।

२ अति सर्वत्र वर्जयेत्
तपाईंले टन्न श्याम्पू वा कन्डिस्नर प्रयोग गर्दा कपाल राम्रो हुन्छ भन्ने ठान्नुहुन्छ भने त्यो गलत हो । धेरै हालेर जितिने यो कुनै प्रतियोगिता होइन, थोरै काफी छ ।

३ हल्का माड्नुस्
भाँडा माझेजस्तो गरी टाउको घोट्नुभयो भने कपालमा समस्या आउँछ । यसो गर्दा कपाल झर्छ र कमजोर हुन्छ । हल्का मात्र माड्नुस् र कपाललाई हानिबाट जोगाउनुस् ।

४ फेदबाट टुप्पोतिर
कपालको सबभन्दा महत्वपूर्ण कुरा भनेको जरो हो । कन्डिस्नरलाई कपालको फेदबाट टुप्पोतिर लगाउँदा तपाईंको कपाल नरम हुन्छ ।

५ श्याम्पू राम्रो चीज होइन
विज्ञापनहरूमा श्याम्पूका कारण कपाल नरम हुने भनी देखाइएको हुन्छ । यसो हुँदैन । लामो समयसम्म श्याम्पू प्रयोग गर्दा कपाललाई फाइदा भन्दा पनि हानि गर्छ । तिनीहरूमा भएका रसायनले तपाईंको कपाल सुक्खा हुन्छ र कपाल झर्न थाल्छ । यसको साटो विशुद्ध पानीले कपाल धुनुस् ।

६ तातोपानीले ननुहाउनुस्
दिनभर काम गरेर थाकेपछि तातो शावरमा छिर्न मन त लाग्छ तर यसरी तातो पानी टाउकोमा हाल्दा कपाल झर्छ । मनतातो पानीले नुहाएको ठीक । सम्भव भएसम्म चीसो पानीले कपाल नुहाउँदा त्यसले आराम पाउँछ ।

७ कन्डिस्नरको प्रयोग
कन्डिस्नरको प्रयोगपछि धेरैजनाले त्यसलाई काम गर्न नदिइकन धोइहाल्छन् । तपाईं यो गल्ती नगर्नुस् । एउटा निश्चित समयसम्म कन्डिस्नरलाई टाउकोमा रहन दिनुस् । अनि कहिल्यैपनि चीसो कपालमा कन्डिस्नर नलगाउनुस् । सुक्खा कपालमा लगाएर केही समयपछि धुनु नै सही तरिका हो ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*