एनसेलले सात दिनभित्र ३९ अर्बभन्दा बढी कर चुक्ता गर्नुपर्ने

जनपत्र
४ बैशाख २०७६, बुधबार ०६:१२

४ वैशाख, काठमाडौं । नेपाल सरकारले दूरसञ्चार कम्पनी एनसेललाई पुँजीगत लाभकर कर तिर्न बोलाएको छ । ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभ कर तिर्नका लागि समयसीमा दिएरै एनसेललाई सूचना जारी गरेको छ ।
टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभर तिर्न सरकारले ७ दिनको सयमसीमा दिएको छ । सर्बोच्च अदालतले गत माघमा गरेको फैसलाको पूर्णपाठ आएलगत्तै सरकारले एनसेलले तिनुपर्ने कर निर्धारण गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*