प्रधानमन्त्री कप महिला भलिबलमा आज आर्मी र एपीएफ तथा पुलिस र लुम्बिनी खेल्दै

जनपत्र
२२ फाल्गुन २०७७, शनिबार ०६:२७

बाँकेको नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा आज पनि २ वटा खेल हुने भएका छन् । नेपालगञ्ज रंगशालामा दिउँसो १ बजे हुने पहिले खेलमा विभागीयक्लबहरु त्रिभुवन आर्मी र एपीएफ आमने सामने हुने छन् । आर्मीले लगातार दोस्रो जीतको खोजिमा हुने छ । पहिलो खेलमा आर्मीले घरेलु टोलीको रुपमा रहेको लुम्बिनी युनाइटेडमाथि ३–० को सहज जित निकालेको थियो । एपीएफ भने पहिलो खेल खेल्दै छ ।

यसैगरी दिउँसो तीन बजे शुरुहुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी युनाइटेड आमने सामने हुने छन् । पुलिस दोस्रो जितको खोजिमा हुँदा लुम्बिनीभने पहिलो जितको खोजिमा हुने छ । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा तीनवटा विभागीय टिम नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब र लुम्बिनी युनाइटेडले प्रतिस्पर्धा गर्दै छन् ।

यो प्रतियोगिताको उपाधि बिजेताले ५ लाख पाउँदा दोस्रो हुने टिमले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना स्थान हासिल गर्ने टिमले ५० हजार प्राप्त गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*