मकवानपुरमा पनि कोभिड-१९ विरुद्धको खोप अभियान दोस्रो चरण सुरु हुँदै

जनपत्र
२१ फाल्गुन २०७७, शुक्रबार २०:२९

हेटौंडा/ कोभिड—१९ विरुद्धको खोप अभियान दोस्रो चरणमा सुरु हुने भएको छ । कोभिड १९ विरुद्धको खोप अभियान जिल्ला खोप समन्वय समिति मकवानपुरले पत्रकार सम्मेलन गर्दे फागुन २३ गते (आईतबार) बाट दोस्रो चरणको खोप अभियान सुरु हुने जानकारी गराए हुन् । दोस्रो चरणको खोप ५५ वर्ष उमेरभन्दा माथीकालाई रहेको समितिले जनाएको छ ।

गत महिना माघ १४ गतेदेखि फाल्गुन ९ गतेसम्म पहिलो चरणमा खोप वितरण गरिएको थियो । जसमा माघ १४—२४ गतेसम्म प्राथामिकता नम्बर १ मा परेका लक्षित क वर्ग, माघ २६ देखि २८ सम्म कारागार कैदी बन्दी, कर्मचारी सुरुक्षाकर्मी तथा वृद्धाआश्रममा रहेका आश्रित एंव कर्मचारी र ख वर्गको समुहमा परेकालाई फाल्गुन २ गतेखि ९ गतेसम्म पहिलो चरणको खोप वितरण गरेको हो ।

स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्ययले प्रस्तुतीकरण प्रस्तुत गर्दे समितिले लक्ष्य गरेको पाँच हजार सातसय १९ मा दुईहजार सातसय ७२ ले मात्रै खोप लगाएको जानकारी गराए । जसमा पुरुष तर्फ दुईहजार दुईसय ७२ छन् भने महिला तर्फ पाँचसय २३ रहेको समितिको तथ्याङमा उल्लेख छ । तथ्याङलाई विश्लेषण गर्दा पहिलो चरण ४८ प्रतिशतलेमात्रै खोप लगाएको देखिन्छ ।

दोस्रो चरणको जिल्ला स्तरमा भएका गतिविधि र कार्य योजनामा समितिले जिल्ला स्तरमा सुक्ष्म योजना तर्जुमा गोष्ठी, खोप कार्यकर्ता तालिम, खोप समन्वय समितिको बैठक, पत्रकार अन्तरक्रिया र अभियानबारे प्रचार प्रसार गरिरहेको छ । त्यस्तै पालिका स्तरमा पालिका एवं वडा खोप समन्वय समितिको बैठक, खोप अभियानमा संलग्न हुने स्वयंसेवकको तालिम, अभियानबारे प्रचार प्रसार गरिरहेको उपाध्ययले जानकारी गराए ।

जिल्लाको ४१ खोकेन्द्रबाट खोप लगाईन्छ । जसमा हेटौंडा उपमहानगरपालिकाको पाँच स्थान, थाहा नगरपालिकामा ६ स्थानमा खोप केन्द्र रहेको छ । त्यस्तै इन्द्रसरोवर गाँउपालिकामा चार स्थान, कैलाशमा पाँच, राक्सीराङमा चार, मनहरीमा तीन, भिफेदीमा चार, मकवानपुर गढीमा तीन, बैकया गाँउपालिकामा चार र बागमती गाँउपालिकाबाट चार स्थानमा खोप केन्द्र रहेको समितिले जानकारी दिएको छ । ५५ वर्ष भन्दा माथीकाले ५७ हजार एकसय एकले खोप लगाउने लक्ष्य समितिले राखेको छ भने, ६५ वर्षभन्दा माथीका वर्ष उमेरकाले १७ हजार पाँचसयले लगाउने लक्ष्य उपाध्यायको भनाई छ ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका जिल्ला प्रमुख अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार, खोप निर्धक्क भएर लगाउन अनुरोध गरेका छन् । खोपले भ्रम सिर्जना गरेको बताँउदै यस्तो खालको सुचना प्रवाह नगर्न उनले आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँईले कोरोना खोपमा आकर्षण कम भएकाले सञ्चार क्षेत्रले यसका बारेमा भ्रम चिर्दै लक्षीत समुहलाई खोप लगाउने वातावरण तयार गर्ने वताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*