हेटौंडाको बसामाडीमा तीनदिने रणनीतिक योजना निर्माण कार्यशाला

जनपत्र
२१ फाल्गुन २०७७, शुक्रबार २०:११

हेटौंडा । परिवर्तन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–३, बसामाडीमा तीनदिने रणनीतिक योजना निर्माण कार्यशाला शुक्रबार सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक सहयोग तथा परिवर्तन महिला सहकारीको आयोजनामा रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न भएको हो ।

महिला सहकारी अध्यक्ष सविना विडारीको अध्यक्षतामा भएको समापन समारोहमा हेटौंडा–३ का वडाअध्यक्ष कुमार पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाको सल्लाहकार विमला बर्तौला र ज्ञानेन्द्र बर्तौलाले समापन समारोहमा मन्तव्य व्यक्त गरेका थिए । सहभागीहरुलाई प्रशिक्षक सुरज चालिसे र उमेश कोइरालाले सहजीकरण गरेका थिए । संस्थाको कार्यक्षेत्र साविकको बसामाडी गाविस हाल हेटौंडा–१,३ र १९ नम्बर वडा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*