४ करोड २५ लाख लागतमा कैलाश गाउँपालिकाको भवन बन्दै

जनपत्र
२१ फाल्गुन २०७७, शुक्रबार ०७:५३

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको प्रशासकिय भवन बन्दै गरेको छ । कैलाश गाउँपालिका वडा नम्बर ३ कालिाकाटारमा कुल ४ करोड २५ लाख रुपैयाँ लागतमा गाउँपालिकाको भवन निर्माण हुँदै गरेको हो । पहिले बस्दै आएको पालिकाको भवन जलेपछी नयाँ भवन निर्माण गर्न लागिएको छ । अहिले भाडाको घरबाट गाउँपालिकाको काम भइरहेको छ ।

साढे दुइतलाको सुविधा सम्पन्न भवन निर्माण गरिन लागिएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले वताउनुभयो । दुइ वर्षमा निर्माणको काम सक्ने योजनाका साथ सुरु भएको यस भवनमा २७ वटा कोठा र एउटा हल निर्माण गर्न लागिएको छ । २०७८ साल चैत महिना सम्म्मा भवन निर्माणको काम सक्ने लक्ष राखिएको छ । गाउँपालिकाको आफ्नै भवन निर्माण गरेपछी काम गर्नका लागि धेरै सहज हुने अध्यक्ष मोक्तानले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*