बागमती प्रदेशमा एक लाख ४९ हजार ८४३ जनाले कोरोनालाई जिते, ३८२ जना उपचार गराउँदै

जनपत्र
२१ फाल्गुन २०७७, शुक्रबार ०७:१२

हेटौंडा । बागमती प्रदेशमा धेरैजसोले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । कोरोना संक्रमित भएका मध्य ९९ प्रतिशतले कोरोनालाई जितेका हुन् ।

एक लाख ५१ हजार २ सय ३८ जना कोरोना संक्रमित भएका मध्य एक लाख ४९ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम राज सेढाईले वताउनुभयो ।

संक्रमित मध्यमा अहिले ३ सय ३८ जना मात्र उपचाररत रहेका छन् । हाल सम्म यस प्रदेशमा एक हजार १३ जनामा कोरोना संक्रमणका कारण मृत्यु भएको उहाँले वताउनुभयो । यस प्रदेशमा १२ लाख ५० हजार ५ सय २८ जनाको कोरोना जाँच गराइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*