घरेलु मैदानमा चेल्सीसँग हार्यो लिभरपुल

जनपत्र
२१ फाल्गुन २०७७, शुक्रबार ०६:५४

इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लिभरपुलमाथि जित हासिल गरेको छ । गएराती लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा चेल्सी १(० गोल अन्तरले विजयी भएको हो । चेल्सीको जितमा खेलको ४२औ मिनेटमा मान्सन माउन्टले गरेको गोल नै निर्णायक गोल बनेको थियो । यो जितपछि चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । चेल्सीको २७ खेलमा ४७ अंक भएको छ ।

त्यस्तै डिफेन्डिङ च्याम्पियन लिभरपुलको भने यस सिजनमा खराब प्रदर्शन जारी रहेको छ । लिभरपुलको यस सिजनमा यो आठौ हार हो । अहिलेसम्म २७ खेल खेलेको लिभरपुलको ४३ अंक छ र लिगमा सातौ स्थानमा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*