महेश गुरुकुललाई २८० क्विन्टल खाद्यान्न दान

जनपत्र
३ बैशाख २०७६, मंगलवार १६:४३

मकवानपुर । देवघाटमा सञ्चालित महेश संस्कृत गुरुकुलमा अध्ययनरत् छात्रहरुलाई यसवर्ष पनि खाद्यान्न सहयोग गरिएको छ । अघिल्ला वर्षमा जस्तै यसवर्षपनि हेटौंडा काठमाडौ र सिमराका अन्नदाताले गरेको सहयोग खाद्यान्न गुरुकुललाई हस्तान्तरण गरिएको हो । गुरुकुलमा रहेका छात्रलाई देशका विभिन्न स्थानमा रहेका अन्नदाताले खाद्यान्न सहयोग गर्ने गरेका छन् ।

हेटौंडा काठमाडौ र सिमराका अन्नदाताले गरेको सहयोग गरेको चामल, तेल, नुन, दाल आलुलगायतका खाद्यान्न गुरुकुलको वार्षिकोत्सवको अवसरमा गतशनिबार हस्तान्तरण गरिएको मुठ्ठिदान संयोजक रामप्रसाद सुवेदीले जानकारी दिए । गुरुकुल सञ्चालन सदस्य समेत रहेका सुवेदीको नेतृत्वमा यसवर्ष २ सय ८० क्विन्टल खाद्यान्न हस्तान्तरण गरिएको छ । उनका अनुसार ११ वटा सवारीसाधनमा लगिएको खाद्यान्न हस्तान्तरण कार्यक्रममा ३ सय ५० जना अन्नदाताको समेत सहभागिता रहेको थियो ।

खाद्यान्न सहयोग कार्यक्रमका लागि व्यापारी अजयराज सुमार्गीले वार्षिक २ लाख, कांग्रेस मकवानपुरका सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँले ६० हजार, हेटौंडा उपमहानगरपालिकाबाट १ लाख, नारायाणी संघबाट १६ हजार, नारायणी पेट्रोलियम एसोसिएसनबाट १२ हजार, शालिकराम कंडेलबाट ३० हजार र मुरारी पुडासैनीबाट १२ हजार वार्षिक रुपमा सहयोग भइरहेको सुवेदीले जानकारी दिए । गुरुकुलमा ५६ जिल्लाका २ सय २५ जना छात्र अध्ययनरत् रहेका छन् । गुरुकुलले शिक्षा, आवास र खान निःशुल्क गरेको छ । अन्नदाता र विभिन्न क्षेत्रका दाताहरुको सहयोगले गुरुकुल सञ्चालन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*