‘जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोना खोप सुरक्षित’

जनपत्र
२० फाल्गुन २०७७, बिहीबार ०७:००

अमेरिकी नियामक संस्था एफडिए ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ ले आफ्नो अनुसन्धान तथा परीक्षणमा जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोना भ्याक्सिन सुरक्षित भएको पाइएको जनाएको छ । योसँगै अब अमेरिकामा कोरोनाका तीन भ्याक्सिन हुने भएका छन् ।

जोन्सनको यो भ्याक्सिन यसअघि अमेरिकामा अनुमति पाइसकेको फाइजर र मोडर्नाको भ्याक्सिनभन्दा सस्तो हुने भएकाले यो अझ सर्वसुलभ हुनसक्ने बताइएको छ । जोन्सनको भ्याक्सिनको एक डोज मात्र दिए पुग्छ । मोडर्ना र फाइजरका भ्याक्सिनको चाहिँ दुई डोज लगाउन आवश्यक हुने गरेको थियो । अमेरिकामा अहिले दैनिक १३ लाख मानिसलाई कोरोनाभाइरस भ्याक्सिन दिन थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*