नासाको प्रिजर्भेन्स रोवरले पठाएका मंगल ग्रहका मनमोहक तस्वीरहरु

नासाको प्रिजर्भेन्स रोवर, पृथ्वीबाट छुट्टिएको सात महिनाको लामो यात्रा पछि, फेब्रुअरी १८ मा मंगल ग्रहमा अवतरण गरेको थियो । त्यसपछि उक्त यानले आफ्नो अवतरणको क्षेत्र(ल्यान्डिङ साइट), जीजिरो क्रेटरबाट मनमोहक तस्वीर पठाएको थियो । जसमा रातो ग्रहको रुपमा चिनिने मंगल ग्रहको इक्वेटरबाट उत्तर तर्फ ४९ किलोमिटर को वाइड इम्प्याक्ट डिप्रेसन रहेको छ । रोवरले मंगल ग्रहमा पहिला जीवन भएको प्रमाणको खोजि गरिरहेको छ ।
यसले माइक्रोबायल लाइफ, ग्रहको भौगोलिक संरचनाको विशेषता, पछिल्लो मौसम र ढुंगा संकलन गरिरहेको छ । पहिलो दृष्यमा प्रिजर्भेन्सले आफ्नो उच्च रोजिलुसन भएको क्यामेराबाट मंगल ग्रहको अर्बिटरको अवलोकन गरिरहेको छ । प्रिजर्भेन्सलाई राम्रो क्वालिटीको कलर इमेजमा ल्याडिंग साइटमा देखिएको छ र अवतरणको छ दिनपछि यस इमेज सार्वजनिक भएको हो । रोभरको साइडमा दुई वटा ब्राइट जोन रहेका छन् ।
प्रिजर्भेन्सलाई वैज्ञानिक अनुसन्धानमा प्रयोग हुने उच्च प्रविधिको पेलोड उपकरणहरु सहित मंगल ग्रहमा पठाइएको छ र यस उपकरणको प्रयोगले ग्रहको भौगोलिक अवस्था, वातावरण र मौसमको अवस्थाको बारेमा अध्ययन गर्दैछ । क्यामेराको माध्यमबाट रोभरले ढुंगा र माटोको बनावटको बारेमा अध्ययन गर्दछ ।