क्रूरताको पराकाष्ठा: जसले आफ्नै १८ वर्षीया छोरीको टाउको काटेर यसरी लिएर गए प्रहरी चौकी !

जनपत्र
२० फाल्गुन २०७७, बिहीबार ०६:३४

भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा भयानक घटना भएको छ। एक व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको टाउको काटेर प्रहरी कार्यालय पुगेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार छोरीको काटिएको टाउकोसहित महिला थाना पुगेर उनले प्रहरीसमक्ष आफूले हत्या गरेको बताएका हुन्। त्यसो भनिरहँदा उनको अनुहारमा एकरत्ति पनि पश्चाताप नदेखिएको प्रहरीले जनाएको छ।

उनले छोरीलाई एक केटासँग आपत्तिजनक अवस्थामा फेला पारेकाले हत्या गरिदिएको बयान दिएका छन्। उनलाई प्रहरीले हिरासतमा राखेको छ। छोरीको काटिएको टाउको उनले कुनै कपडाले नढाकीकन खुलै लगेका थिए। जसको संवेदनाहीन कर्मको तस्बिर भाइरल भएको छ।

दुई दिनदेखि छोरीको हत्या गर्ने योजनामा थिए उनी
प्राप्त जानरकारीअनुसार ती क्रूर पिताको नाम हो– सर्वेश, जो हरदोई जिल्लाको मन्झिला थाना क्षेत्रमा पर्ने पान्डेतारा गाउँका बासिन्दा हुन्। उनले २ दिनअघि छोरीलाई गाउँकै आदेश नामका केटासँग आपत्तिजनक अवस्थामा देखेका थिए।

त्यसबेला भने उनी चुपचाप बसे। तर बिहीबार जब उनकी पत्नी खेतमा गइन्, तब छोरी घरमा एक्लै भएको मौका पारेर उनले धारिलो हतियारले छोरीको टाउको काटे। अनि त्यो टाउको बोकेर प्रहरी कार्यालय पुगे।

प्रहरी नै आश्चर्यचकित भए !
सर्वेशले प्रहरीसमक्ष भने, ‘साहेब, मैले आफ्नी छोरीको घाँटी काटिदिएँ।’ उसको कुरा सुनेर प्रहरी पनि आश्चर्यमा परे। त्यसपछि थानाबाट प्रहरी टोली घटनास्थल पुग्यो। जहाँ रगतले भिजेर उनकी छोरी लडिरहेकी थिइन्। त्यसपछि प्रहरीले हत्या मुद्दा दर्ता गरी ती बाबुलाई नियन्त्रणमा लिए। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*