हेटौंडा अस्पतालका दुइ जना डाक्टरसंग स्पष्टिकरण माग

यस अघि निलम्बन गरिएका दुइजना डाक्टरले फेरी पनि गलत काम गरेकाले स्पष्टिकरण सोधएिको हो ।
जनपत्र
१९ फाल्गुन २०७७, बुधबार १७:४९

हेटौंडा । हेटौंडा अस्पतालमा कार्यरत दुइजना डाक्टरलाई दोस्रो पटक स्पस्टीकरण सोधीएको छ । अस्पातलमा राम्रोसंग ड्युटी नगरेको भन्दै अस्पतालका प्रमुख सुपरिटेण्डेन डाक्टर प्रबिण श्रेष्ठले दुइ जना डाक्टरसंग स्पष्टिकरण सोध्नु भएको हो ।

अस्पतालमा कार्यरत डाक्टर बुद्धीराज पाण्डे र डाक्टर साजित अन्सारीलाई २४ घण्टे स्पष्टिकरण सोधीएको हो । दुबैजनालाई यस अघि पनि निलम्बन गरेर फुकुवा गरिएको थियो । अन्सारीलाई ४ दिन र पाण्डेलाई ३ दिन डाक्टर श्रेष्ठले निलम्बन गरिसक्नु भएको छ ।

अन्सारी ड्युटीको समयमा पनि आफ्नो क्लनीकमा काम गरेको भेटिएको र पाण्डेले अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधी खरिद गर्न पठाउने गरेकाले डाक्टर श्रेष्ठले स्पष्टिकरण सोध्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*