हेटौंडाका युवाहरुलाई स्वरोजगार बनाउन कार्यक्रम ल्याएकाछौं–मेयर महत

जनपत्र
१९ फाल्गुन २०७७, बुधबार ०७:४९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले विदेशबाट फर्किएका युवाहरुलाई स्वरोजगार वनाउनका लागि स्थानीय सरकारले सहयोग गर्ने वताउनु भएको छ ।

एकिकृत ग्रामिण बिकास सेवा मकवानपुरको आयोजनामा सुरक्षित आप्रवासन परियोजनाको वार्षिक समिक्षा गोष्ठीको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले बिदेशमा गएर कठिन श्रम गर्नु भन्दा स्वदेशमानै मेहनत गरेर काम गर्नका लागि आग्रह गर्नुभयो ।

बिदेश जान खोज्ने र फर्किएका युवाहरुलाई स्वरोजगार वनाउनका लागि उपमहानगरापलिकाले स्वरोजगार वन्ने धेरै खालका कार्यक्रम ल्याएको मेयर महतले वताउनुभयो । कोही पनि बिना सिप बिदेश गएमा उसलाई समस्या पर्ने भएकाले सिप सिकेर मात्र बैदेखिक रोजगारीमा जानुपर्ने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*