हेटौंडा–५ मा २४ लाख लागतमा स्लाब ढलान

जनपत्र
१९ फाल्गुन २०७७, बुधबार ०७:३५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ जिएस निकेतन स्कुलनजिकको सडकमा स्लाब ढलानको काम सुरु गरिएको छ । स्लाब ढलानको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गर्नु भयो ।

कुल ३ सय मिटर लम्बाइ रहेको स्लाब ढलानको काम केही दिनमानै सकिने छ । २४ लाख ३८ हजार रुपैयाँ लागतमा ५ मिटर चौडाइ रहेको यस सडक निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*