दैलेखमा बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

जनपत्र
१९ फाल्गुन २०७७, बुधबार ०६:१२

दैलेखमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । भगवतीमाई गाउँपालिका–२ बेस्तडाका १८ वर्षीया मोहन बुढालाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ९डिएसपी० अनुपम श्रेष्ठका अनुसार पीडित बालिकाको परिवारले जाहेरी दरखास्त दिएको थियो ।

पीडित परिवारले दिएको जाहेरी दरखास्तका आधारमा युवकलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका ती युवालाई जिल्ला अदालतबाट म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ । अहिले युवक प्रहरी हिरासतमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*