अफगानिस्तानमा तीन महिला सञ्‍चारकर्मीको गोली हानी हत्या

जनपत्र
१९ फाल्गुन २०७७, बुधबार ०६:०८

अफगानिस्तानको जलालबादस्थित तीन जना महिला मिडियाकर्मीको हत्या भएको छ । पूर्वी सहर जलालबादस्थित मंगलबार दिउँसो कार्यालयबाट घरतर्फ जाँदै गर्दा उनीहरुको हत्या भएको बताइएको छ । स्थानीय मिडिया एनिकास टिभी निर्देशक जलमइ लतिफीका अनुसार उनकै टिभी कर्मचारीको गोली हानी हत्या भएको हो ।

स्थानीय मिडियाका अनुसार उनीहरुको कार्यालय छुट्टीपछि दुई फरक स्थानमा गोली हानी हत्या भएको थियो । ‘उनीहरु सबैको मृत्यु भयो । उनीहरु अफिसबाट पैदल हिँडेरै घर जाँदै गर्दा बाटैमा गोली हानी हत्या भएको थियो,’ लतिफीले बताइन् ।

घटनामा दुई जना अरु घाइते भएका छन् । लतिफीका अनुसार तीनै जना कर्मचारीहरुले हालै हाइस्कुल तहको पढाइ सम्पन्न गरेका थिए । उनीहरु १८ देखि २० वर्षसम्मको उमेरका थिए । घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । राष्ट्रपति असरफ घानीले हत्याको विरोध जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*