दलित पत्रकार संघ मकवानपुरको जिल्ला भेला

जनपत्र
१८ फाल्गुन २०७७, मंगलवार १८:२६

हेटौंडा । राष्ट्रिय दलित पत्रकार संघ मकवानपुरको प्रथम जिल्ला भेला आज हेटौंडामा भएको छ । जिल्ला भेलाले शुभलक्ष्मी बिश्वकर्माको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा रुपक कालिराज, सचिबमा शान्ति सुनार, सहसचिबमा युवराज विस्वकर्मा, कोषाध्यक्षमा पारु प्रियार, सदस्यहरुमा प्रज्वल सुनार, सिभा सुनार, बिश्व सुनार र प्रसंसा विश्वकर्मा चयन हुनु भएको छ ।

राष्ट्रिय दलित पत्रकार संघका बागमती प्रदेश उपाध्यक्ष कमल कुमार विश्वकर्माको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको बिशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा मकवानपुरका अग्रज पत्रकार कृष्णराम परियार लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*