हेटौंडाको रिद्धिसिद्धी सिमेन्टका महाप्रबन्धक मल्लद्वारा महिला कर्मचारीमाथी दुरुव्यवहार

महिला कर्मचारीमाथी दुरव्यवहार गरेको आरोपमा पक्राउ परेका पुर्व एसएसपी समेत रहेका महाप्रवन्धक लोकेन्द्र बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेर सात दिनको म्याद थप गरेको छ ।
जनपत्र
१८ फाल्गुन २०७७, मंगलवार १७:५६

हेटौंडा । हेटौंडाको रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्लले महिला कर्मचारी माथी दुरव्यवहार गरेका छन् । उद्योगमै कार्यरत कर्मचारीलाई हातपात र दुरव्यावहार समेत गरेको भन्दै पीडितले उजुरी दिएपछी मल्ललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

महिला कर्मचारीमाथी दुरव्यवहार गरेको आरोपमा पक्राउ परेका पुर्व एसएसपी समेत रहेका महाप्रवन्धक मल्ललाई पक्राउ गरेर सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो । म्याद थप पछी अनुसंधान चलिरहेको उहाँले वताउनुभयो ।

उद्योगमै कार्यरत महिला कर्मचारी माथी हातपात गरेपछी त्यहाँ कार्यरत सबै कर्मचारी र स्थानीय वासिन्दाहरु समेतले हेटौंडाको चुरीयामाइमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुइ दिन देखि वन्द गराएका छन् । महिला कर्मचारीलाई हातपात पछी स्थानीय र केही कर्मचारीले उद्योग चल्नै नदिएको यहाँ कार्यरत कर्मचारीहरु वताउँछन् । पक्राउ परेका मल्ललाई कानून अनुसार कार्बाही गरिने प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*