भ्रष्टाचार मुद्दामा फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष कैद

जनपत्र
१८ फाल्गुन २०७७, मंगलवार ०७:२९

सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका ६६ वर्षीय सार्कोजीलाई सोमबार एक अदालतले आफ्नो चुनावी अभियानका लागि डोनेसन लिन र गोप्य सूचना प्राप्त गर्न अरू दुई जना व्यक्तिसँग मिलेर कानुनको उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको हो।

तीन वर्षमध्ये उनलाई दुई वर्षको सजाय निलम्बन गरिएको छ भने एक वर्ष पनि उनले जेलबाहिर बसेर कटाउन सक्नेछन्। त्यो अवधिमा उनलाई घरमै नजरबन्दमा राख्ने वा शरीरमा इलेक्ट्रिक डिभाइस जोडेर आंशिक हिँडडुल गर्न दिने सुविधा हुन सक्छ।

सार्कोजीले आफूले कुनै गल्ती नगरेको बताउँदै आएका छन्। सोमबारको फैसलापछि उनले कुनै प्रतिक्रिया दिएका छैनन्। सुपरमोडलबाट गायिका बनेकी उनकी पत्नीले भने इन्स्टाग्राममा तस्बिर राख्दै फैसलालाई अन्याय भनेकी छन्। सार्कोजीका वकिलहरूले फैसलाविरूद्ध उपल्लो अदालतमा पुनरावलोकन हाल्ने बताएका छन्।

अदालतको फैसलाले सार्कोजीलाई भविष्यमा सार्वजनिक पदका लागि अयोग्य नठहर्‍याए पनि यसले फेरि सार्वजनिक जीवनमा आउने उनको सपनालाई धक्का पुर्‍याएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*