चीनले आठ लाख डोज खोप दिने

जनपत्र
१८ फाल्गुन २०७७, मंगलवार ०७:०६

चीनले कोभिडविरुद्धको आठ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने भएको छ । सुरुमा तीन लाख, त्यसपछि पाँच लाख डोज खोप दिने घोषणा गरेको चीनले त्यसलाई बढाएर आठ लाख पुर्‍याएको हो ।

‘कोभिड– १९ विरुद्ध नेपालको लडाइँलाई समर्थन गर्न चीन सरकारले अनुदानमा नेपाललाई दिने खोपको डोज आठ लाख पुर्‍याउने निर्णय गरेको छ,’ चिनियाँ राजदूतावासले सोमबार साँझ आफ्नो फेसबुक पेजमा लेखेको छ । चीनमै उत्पादन गरिएको सिनोफार्म खोप उसले दिनेछ ।

खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको चिनियाँ दूतावासका एक अधिकारीले बताए । अर्को छिमेकी भारतले अनुदानमा दिएको दश लाख डोज खोप अहिले प्रयोगमा आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*