हेटौंडा ७ का किसानलाई पाओर टिलर सहयोग

जनपत्र
१७ फाल्गुन २०७७, सोमबार ०७:३०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका किसानलाई प्रबिधिको माध्यमले खेती गर्नका लागि स्थानीय सरकारले प्रोत्साहन गर्न थालेको छ । यसैक्रममा हेटौंडा ७ का कृर्षहरुलाई खेतीगर्नका लागि सहयोग गर्ने उदेस्यकले पाओर टिलर सहयोग गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले महालक्ष्मी कृषक समुहलाई पाओर टिलर सहयोग गरेको हो । १२ एचपीको पाओर टिलर पाएपछी यस क्षेत्रका किसान खुसी भएका छन् ।

किसानको आवस्यक्ताका आधारमा अरु क्षेत्रका किसानलाई पनि खेती गर्नका लागि प्रबिधिका सामाग्री सहयोग गर्दै जाने मेयर महतले वताउनुभयो । पहिले परमपरागत तरिकाले खेती गर्दै आएपनि अहिले भने हेटौंडाका धेरै किसानले प्रबिधिका माध्यमले खेती गर्न थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*