घुस लिन नमान्ने १८ ट्राफिक प्रहरी सम्मानित

जनपत्र
१७ फाल्गुन २०७७, सोमबार ०६:५८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्वीकार गर्ने एक प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । सम्मानित हुनेमध्ये ६ जनालाई नगदसहित वृत्ति विकासमा समेत सहयोग हुने गरी अभिलेखमा गनिने गरी पुरस्कृत गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाहीपछि हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई घुस दिन खोज्नेहरूलाई ट्राफिक प्रहरीले उल्टै कारबाही गर्ने गरेको महाशाखाको दाबी छ ।

महाशाखाले यसै आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*