सन्दिपकाे टिम लाहाेरकाे राेमाञ्चक जित

जनपत्र
१७ फाल्गुन २०७७, सोमबार ०६:४१

पाकिस्तान सुपर लिगमा नेपाली क्रिकेटर आबद्ध लाहोर कलन्डर्सले कराँची किंग्सलाई ६ विकेटले पराजित गरेको छ । कराँचीको नेशनल स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कराँचीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८६ रन बनाएको थियो।

३७ रनमा तीन विकेट गुमाएको कराँचीका लागि बाबर आजम ५ , जोए क्लार्क ४ रन तथा कोलिन इन्ग्राम खाता नखोली आउट भएका थिए। चौथो विकेटको लागि ओपनर शर्जिल खानले मोहम्मद नाबीसंग ७६ रनको साझेदारी गर्दै टिमलाई सम्हाले । शर्जिलले ३९ बलमा ६४ रन तथा नाबीले ३५ बलमा ५७ रनको योगदान गरे । यस्तै क्रिस्टीएनले २७ रन बनाए। बलिङमा शाहिन अफ्रिदीले ३ तथा हरिश रौफ, एहमद ड्यानियल, डेभिड वेस र समित पटेलले समान एक एक विकेट लिए।

एक सय ८७ रनको लक्ष्य लाहोरले ४ बल बाँकी हुँदा पुरा गर्यो। लाहोरले पनि सुरुवात राम्रो गर्न सकेन । ३३ रनमा तीन विकेट गुमाएको लाहोरका लागि चौथो विकेटका रुपमा फखर जमान र बेन डंकले शतकीय साझेदारी गरे । उसका ओपनर सोहेल अख्तर र जो डेनील पहिलो ओभरमा खता नखोली आउट भए भने मोहम्मद हफिज १५ रन बनाए। तर जमानले ५४ बलमा ८३ रन बनाए भने बेन डंकले अविजित ५७ रनको योगदान गरे । लाहोसका लागि डेभिड वेसले ९ बलमा ३१ रन बनाए । कराचीको बलिङमा मोहम्मद आमिर, वाकस मक्सुद र ड्यानियल क्रिस्टिएनले समान १ विकेट लिए।

जितपछि ४ खेलमा ३ जित र १ हार ब्यहोरेको लाहोर ६ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा छ। समान अंक रहेता पनि पेशावर नेट रन रेटमा अघि रहँदै शिर्ष स्थानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*