हेटौंडाका दुइवटा वडा जोड्ने ५९० मिटर पीच सडकको उद्घाटन्

जनपत्र
१६ फाल्गुन २०७७, आईतवार १८:३२

हेटौंडा । हेटौंडा १७ र १८ जोड्ने सडकलाई पिच गरिएको छ । दुइ करोड रुपैयाँ लागतमा हेटौंडा उपमहानगरपालिकाले निर्माण गरेको सडकको मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभयो । गुवाबारी देखि मजुवा सम्मको सडकमा पीच गरिएको हो ।

यस क्षेत्रमा एक हजार ५ सय ९० मिटर सडकमा आस्फाल पीच गरिएको मेयर महतले वताउनुभयो । बषौदेखि पीच सडकको उपभोग गर्न नपाएका राजदेविका वासिन्दाहरुलाई ध्यानमा राखेर ठुलो लगानीमा सडकमा पीच गरिएको मेयर महतले वताउनुभयो । ६ मिटर चौडाइ रहेको यस सडक ठेक्का मार्फत निर्माण गरिएको हो । आसफाल पीचलाई अरु पीच भन्दा बलियो रुपमा लिइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*