बागमती सरकारद्वारा पाँच अस्पताललाई एमुलेन्स हस्तान्तरण

जनपत्र
१६ फाल्गुन २०७७, आईतवार १८:२०

हेटौंडा । बागमती प्रदेश सरकारले आज पाँच जिल्लाका सरकारी अस्पताललाई एमुलेन्स हस्तान्तरण गरेको छ । प्रदेश अन्तर्गत रहेको मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, धादिङको धादिङ अस्पताल र नुवाकोटको त्रिशुली अस्पताललाई सुबिधायुक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमुलेन्स हस्तान्तरण गर्नुभयो । अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत ५ वटा अस्पताललाई आज हेटौंडामा एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरीएको हो ।

५ वटा ‘ख’ वर्गको एम्बुलेन्स सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत एक करोड ८६ लाख ७५ हजारको लागतमा खरिद गरी हस्तान्तरण गरिएको बागमती स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत बसन्त अधिकारीले जानकारी दिनुभयो ।

प्रत्येक एम्बुलेन्सको २९ लाख २० हजारको लागतमा खरिद गरिएको एम्बुलेन्समा वातावरणसहित अत्याधुनिक उपचारसेवा उपलब्ध गराइएको हो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पौडेल, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव दिपेन्द्र काफ्ले र हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल मनतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्ला अस्पताललाई स्वास्थ्य उपचार सेवामा स्तरोन्नती र गुणस्तरीय सेवा प्रदान गर्न दक्ष चिकित्सक र सुविधायुक्त प्रयोगशाला स्थापना गर्दै लैजाने प्रदेश सरकारको नीति रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*