धरौटी रकम बुझाउन नसकेपछी नेकपा इन्चार्ज कारागार चलान

जनपत्र
३ बैशाख २०७६, मंगलवार १०:४८

हेटौंडा / नेकपा मकवानपुरका इन्चार्ज बिरबहादुर घलान ज्वाला धरौटी रकम बुझाउन नसकेर भिमफेदी कारागार चलान भएका छन् । जिल्ला अदालत मकवापनुरले ज्वालालाई १८ हजार धरौटी जमानतमा छाड्न आदेश दिएको थियो । न्यायाधीस धु्रव कुमार पियाको इजलासले उनलाई १८ हजार धरौटी रकम माग गरेको थियो । अदालतले मागेको धरौटी रकम बुझाउन नसकेपछी उनी कारागार चलान भएका हुन् । केही महिना अघि मनहरी गाउँपालिका वडा नम्बर ३ मा भेटिएको बिस्फोटक पदार्थमा उनको संलग्नता रहेको भन्दै प्रहरीले अभियोग दर्ता गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*