लेवान्डोस्की र जिनाब्री चम्कदा बायर्नको सहज जित

जनपत्र
१६ फाल्गुन २०७७, आईतवार ०६:०२

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र जर्मन मिडफिल्डर सर्ज जिनाब्री चम्किएपछि जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले सहज जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बायर्नले कोल्नमाथि ५–१ को सानदार जित निकालेको हो । बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले समान दुई गोल गर्दा इरिक म्याक्सिम चुपो मोटिङले एक गोल गरे । कोल्नका इलएस शेकहिरीले एक गोल फर्काए ।

खेलको छैटौ मिनेटमा नै इरिक म्याक्सिम चुपो मोटिङको गोलबाट बायर्नले अग्रता लिएको थियो । ३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ४९औं मिनेटमा इलएसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ६५औं मिनेटमा थोमस मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न खेलमा ३–१ ले अघि बढ्यो । त्यसपछिको दुवै गोल सर्ज जिनाब्रीको नाममा रह्यो । ८२औं मिनेटमा जिनाब्रीले टोलीका लागि चौथो गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बन्यो । त्यसको चार मिनेटपछि जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ५–१ को सानदार जित दिलाए ।

यो जितसँगै बायर्नले शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ । बायर्नको २३ खेलबाट ५२ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ५० अंक छ । पराजित कोल्न २१ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*