नेकपा हेटौंडा उपमहानगरपालिका कमिटीको सपथ ग्रहण

हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नगरकमिटी अध्यक्ष शालिकराम पुडासैनी र सचिव बोल बहादुर कार्की रहेको १ सय ६० भन्दा बढी सदस्य नगर कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
हेटौंडामा एक कार्यक्रममा आयोजना गरि उनीहरुलाई नेकपा केन्द्रिय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सपथ ग्रहण गराएका हुन् । २ सय ३५ सदस्य नगरकमिटी विस्तारको प्रक्रिया समेत अगाडी बढाएको नगरकमिटीका अध्यक्ष पुडासैनीले बताए ।
नेकपा नगरकमिटी अध्यक्ष पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनन्त पौडेल, केन्द्रीय सदस्य रघुनाथ खुलाल, केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य नबिन सिग्देल, जिल्ला सदस्य राम कुमार पुडासैनी लगायतको सहभागीता रहेको थियो ।
नेकपा ओली समुहको गत माघ ८ को बैठकले नेकपा हेटौंडा उपमहानगरपालिका कमिटीका प्रचण्ड–नेपाल समुहका अध्यक्ष रघु आचार्य र सचिब तिर्थबहादुर थापालाई पदबाट हटाउँदै अध्यक्षमा पुडासैनी र सचिवमा कार्कीलाई चयन गरेको थियो । प्रहरखवरबाट ।