हेटौंडाको वस्तिपुरमा ५ करोड लागतमा १८ कोठे विद्यालय भवन निर्माण सुरु

जनपत्र
१५ फाल्गुन २०७७, शनिबार १४:०३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरमा रहेको निर्मल माध्यमिक बिद्यालयको भवनको आज शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बिद्यालय परिसरमा निर्माण गर्न लागिएको भवनको शिलान्यास गर्नु भयो ।

बिद्यालयको १८ कोठे भवन निर्माण गर्न लागिएको हो । भवनको शिलान्यास गर्दै मेयर महतले भुकम्पपछी बिद्यालयका नयाँ भवन निर्माणमा यस जिल्लामा धेरै काम भएको वताउनुभयो । ठुला बिद्यालयका भवन निर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई लगानी गर्न कठिनाइ हुने समयमा दातृ निकायको सहयोगमा अरबांै लगानीमा बिद्यालय निर्माण हुनु खुसीको कुरा रहेको वताउनुभयो ।

शिक्षा क्षेत्रमा परेका सबै खालका समस्या समाधान गर्नका लागि आफुहरु तयार रहेको वताउनुभयो । कार्यक्रममा राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षाका आयोजना निर्देशक रामशरण सापकोटाले बिद्यालय भवन निर्माण गर्दा गुणस्तरिय काम गर्नका लागि निर्देशन दिनुभयो । भोलीका दिनमा फेरी पनि भुकम्प गइहालेमा बिद्यालयमा सुरक्षित तरिकाले बस्नका लागि सहज होस भन्ने उदेस्यले बिद्यालय भवन निर्माण राम्रो हुनुपर्ने उहाँको सुझाब छ ।

कुल ५ करोड २ लाख रुपैयाँ लागतमा निर्मल माबिको १८ कोठे भवन निर्माण सुरु भएको जिल्ला कार्यान्वयन इकाइ शिक्षाका प्रमुख बद्री बहादुर पाठकले वताउनुभयो । हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, बिद्यालयका प्रधानध्यापक प्रमोद विडारी, बिद्यालयका अध्यक्ष हरि पण्डीत लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*