रेडक्रस नागस्वती उपशाखाको साधारण सभा

जनपत्र
१५ फाल्गुन २०७७, शनिबार १३:३९

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी उपशाखा, हेटौडा ७ को दोश्रो वार्षिक साधारण सभा आज भएको छ । शाखा सभापती ध्रुबप्रसाद चौलागाईको सभापतित्व तथा रेडक्रस जिल्ला सभापती सुर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौंडा ७ का वडा अध्यक्ष राजन थापा, रेडक्रस जिल्ला महामन्त्रि खेमराज सापकोटा, ४ नं सभापती शिवहरी दहाल, हेटौडा वंचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्र वहादुर वस्नेत, श्रीनिवास मन्दिरका संरक्षक जनार्दन पौडेल समेतले शुभकामना दिनु भ‌एको साधारण सभामा उपशाखा सचिव नवराज खतिवडाले संचालन र सदस्य मिना अधिकारिले स्वागत गर्नु भ‌एको थियो ।

साधारण सभामा अध्यक्ष ध्रुबप्रसाद चौलागाईले पेश गर्नु भ‌एको आव २०७६।०७७ को संस्थागत प्रतिवेदन र कोषाध्यक्ष यतीराज दंगालले पेश गर्नु भ‌एको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित गरी साधारण सभा सम्पन्न भ‌एको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*