हेटौंडाको मयुरधापमा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रमा १० हजार जनाले रोजगारी पाउने

सात अर्व लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा उद्योगीलाई पहिलो चरणमा धेरै खालका छुटका कार्यक्रम सरकारले ल्याएको छ ।
जनपत्र
१५ फाल्गुन २०७७, शनिबार ०८:२७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माण गर्न लागिएको नयाँ औद्योगिक क्षेत्रमा दश हजार जनाले रोजगारी प्राप्त गर्ने भएका छन् । यहाँ खुल्ने उद्योगहरुबाट मजदुर र कर्मचारी गरेर दश हजार जनाले रोजगारी प्राप्त गर्ने अनुमान गरिएको हो ।

बेरोजगारका कारण हजारौ युवाहरु मकवानपुरबाट बिदेश गइरहेको समयमा औद्योगिक क्षेत्रमा उद्योगहरु खुलेर रोजगारी पाउनु राम्रो अवसर रहेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । सात अर्व लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा उद्योगीलाई पहिलो चरणमा धेरै खालका छुटका कार्यक्रम सरकारले ल्याएको छ ।

औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरसंगै प्राबिधिक कर्मचारी पनि हेटौंडामानै उत्पादन गर्नका लागि सिटीइभिटीमा पढाइ समेत सुरु हुन लागेकाले त्यसतर्फ पनि ध्यान दिन मेयर महतले आग्रह गर्नु भएको छ । घर नजिकै औद्योगिक क्षेत्र खुलेपछी धेरै खुसी भएको हेटौंडा मयुरधापकी जानुका दुवाडी तिमल्सीनाले वताउनुभयो । गाउँमै रोजगारीको सृजना भएको र औद्योगिक क्षेत्रका कारण यहाँका स्थानीयलाई रोजगारीका लागि बाटो समेत खुलेको उहाँले वताउनुभयो ।

वर्षौंदेखि चुरेजंगल हुँदै हेटौंडा–१३ को मयुरधापमा बग्ने खहरेले धार परिवर्तन गरेसंगै बुट्यानले ढाकेको तर ठूला रुख नभएको समथर जग्गामा हेटौंडाको दोस्रो औद्योगिक क्षेत्र स्थापना थालिएको छ ।

शिलान्यास भएको एक महिनाभित्र उद्योग स्थापनाका लागि आशयपत्र आह्वान गरिने, पत्रका आधारमा ६ महिनाभित्र उद्योगीलाई चाहिने न्यूनतम् पूर्वाधारहरु अस्थायी सडक, बत्ती र पानी व्यबस्थापन गरी औद्योगिक क्षेत्र र उद्योगीले संगसंगै आआफ्ना पूर्वाधार निर्माण कार्य थालनी गरी २ वर्षभित्र सम्पन्न गरेर उद्योग सञ्चालनमा ल्याउने बताइएको छ । ५ वर्षभित्र औद्योगिक क्षेत्र व्यबस्थापनले सम्पूर्ण पूर्वाधार निर्माणसम्पन्न गरिसक्ने लक्ष्य छ ।

औद्योगिक क्षेत्रमा उद्योगलाई आकर्षण र विकासका लागि न्यूनतम् ५ वर्षका लागि जग्गाको भाडामा पूर्णछुट र १० वर्षपछिमात्र पूर्णरुपमा भाडादर कायम हुनेछ । उद्योगले खपत गर्ने पानीमा सहुलियत व्यबस्था गरिने औद्योगिक क्षेत्र व्यावस्थाप लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतले वताउनुभयो । बत्ती खपतका आधारमा छुट दिने व्यबस्थाका लागि नेपाल सरकारसमक्ष अनुरोध गरिनेछ ।औद्योगिक क्षेत्रका उद्योगलाई आवश्यक कच्चापदार्थ मिल÷मेसिनरी पैठारी गर्दा भन्सारमा लाग्ने विलम्ब शुल्क नलाग्ने कार्यका लागि पहल गरिनेछ । औद्योगिक क्षेत्रका जग्गामा उद्योग गर्दा बैंकबाट ऋण लिन उद्योगीलाई कठिन परिरहेको अवस्थालाई मध्यनजर गर्दै कर्जाप्रवाह सरलीकरण गरिने बताइएको छ ।

सबभन्दा पहिले जग्गा नापजा“च र लालपुर्जा पाएको उक्त औद्योगिक क्षेत्रको काममा ढिलाइ भइरहेको आरोप चिर्दै शुक्रबार शिलान्यास गरिएको छ । हेटौंडामा २०२० सालमा स्थापना भएको अर्को औद्योगिक क्षेत्र पनि छ । अमेरिकी सरकारको सहयोगमा त्यसबेला हेटौंडा औद्योगिक क्षेत्र स्थापना भएको थियो ।

हेटौंडा उपमहानगर–१४ मा रहेको एकसय ३५ हेक्टर क्षेत्रफलमा सरकारले औद्योगिक क्षेत्र बनाउन लागेको हो । औद्योगिक क्षेत्रका लागि ऐलानी जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले पाइसकेको छ । उक्त औद्योगिक क्षेत्र हेटौंडा बजारबाट करिब ७ किलोमिटर टाढा पर्दछ भने हेटौंडा–पथलैया सडकको पशुपतिनगरबाट करिब ३ किमि पश्चिममा छ ।

उक्त क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने भएपछि मयुरधाप, बदेलधाप, कालोपानी, पदमपोखरीको रातोमाटे डाँडाका स्थानीय खुशी छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनसार मयुरधापको चुरेबन र सोवरपरको खाली जग्गासमेतलाई ओगट्ने गरी ३ सय बिगाहा जग्गामा मयुरधाप औद्योगिक क्षेत्र घोषणा भएको हो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपूर्जा मयुरधाप औद्योगिक क्षेत्रका नाममा गरेको थियो ।

औद्योगिक क्षेत्र तयारीका लागि करिब साढे सात अर्ब खर्च अनुमान गरिएको छ । डीपीआर तयारीपछि मुद्रण विभागले नोट छाप्ने उद्योग स्थापनाको सम्झौता गरेपछि बा“की जमिनलाई चारदेखि १४ रोपनीसम्मका गरी ६३ वटा प्लटमा विभाजन गरिएको छ ।
औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले दुई वर्षदेखि बजेट विनियोजन गरिरहेको छ । तर, पर्याप्त काम हुन नसक्दा बजेट फ्रिज हुने गरेको छ । चालु आवमा पनि संघीय सरकारले करिब ३१ करोड रुपियाँ मयुरधाप औद्योगिक क्षेत्रका लागि छुट्याएको छ ।

बिस्तृत परियोजना प्रतिवेदन सम्बन्धि कार्यका रुपमा उद्योग स्थापनाका लागि आशयपत्र माग गर्दा २ सय ५० वटा आशयपत्र परेका थिए । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबमोजिम सुरक्षण मुद्रण विभागलाई मुद्रण प्रेस स्थापना गर्न २ सय ५० रोपनी जग्गा उपलब्ध गराइएको छ । उक्त क्षेत्रमा हेलिप्याड, सशस्त्र गण, पेट्रोल पप्प, बिजुली स्टेसन, हेभी गाडी पार्किङ, वाटर ट्यांक, स्टाफ क्वार्टर, ल्याबलगायत संरचना निर्माण गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*