हेटौंडामा निर्माण शुरु भयो दोस्रो औद्योगिक क्षेत्र

राजनीतिक स्थिरता नभएसम्म औद्योगिक क्षेत्रको विकास हुँदैन–मन्त्री भट्ट
जनपत्र
१४ फाल्गुन २०७७, शुक्रबार २०:०१

हेटौंडा । वर्षौंदेखि चुरेजंगल हु“दै हेटौंडा–१३ को मयुरधापमा बग्ने खहरेले धार परिवर्तन गरेस“गै बुट्यानले ढाकेको तर ठूला रुख नभएको समथर जग्गामा हेटौंडाको दोस्रो औद्योगिक क्षेत्र स्थापना थालिएको छ ।

शिलान्यास भएको एक महिनाभित्र उद्योग स्थापनाका लागि आशयपत्र आह्वान गरिने, पत्रका आधारमा ६ महिनाभित्र उद्योगीलाई चाहिने न्यूनतम् पूर्वाधारहरु ९अस्थायी सडक, बत्ती र पानी व्यबस्थापन गरी औद्योगिक क्षेत्र र उद्योगीले स“गस“गै आआफ्ना पूर्वाधार निर्माण कार्य थालनी गरी २ वर्षभित्र सम्पन्न गरेर उद्योग सञ्चालनमा ल्याउने बताइएको छ । ५ वर्षभित्र औद्योगिक क्षेत्र व्यबस्थापनले सम्पूर्ण पूर्वाधार निर्माणसम्पन्न गरिसक्ने लक्ष्य छ ।

औद्योगिक क्षेत्रमा उद्योगलाई आकर्षण र विकासका लागि न्यूनतम् ५ वर्षका लागि जग्गाको भाडामा पूर्णछुट र १० वर्षपछिमात्र पूर्णरुपमा भाडादर कायम हुनेछ । उद्योगले खपत गर्ने पानीमा सहुलियत व्यबस्था गरिनेछ । बत्ती खपतका आधारमा छुट दिने व्यबस्थाका लागि नेपाल सरकारसमक्ष अनुरोध गरिनेछ ।

औद्योगिक क्षेत्रका उद्योगलाई आवश्यक कच्चापदार्थ मिल÷मेसिनरी पैठारी गर्दा भन्सारमा लाग्ने विलम्ब शुल्क नलाग्ने कार्यका लागि पहल गरिनेछ । औद्योगिक क्षेत्रका जग्गामा उद्योग गर्दा बैंकबाट ऋण लिन उद्योगीलाई कठिन परिरहेको अवस्थालाई मध्यनजर गर्दै कर्जाप्रवाह सरलीकरण गरिने बताइएको छ ।

सबभन्दा पहिले जग्गा नापजा“च र लालपुर्जा पाएको उक्त औद्योगिक क्षेत्रको काममा ढिलाइ भइरहेको आरोप चिर्दै शुक्रबार शिलान्यास गरिएको छ । हेटौंडामा २०२० सालमा स्थापना भएको अर्को औद्योगिक क्षेत्र पनि छ । अमेरिकी सरकारको सहयोगमा त्यसबेला हेटौंडा औद्योगिक क्षेत्र स्थापना भएको थियो ।

हेटौंडा उपमहानगर–१४ मा रहेको एकसय ३५ हेक्टर क्षेत्रफलमा सरकारले औद्योगिक क्षेत्र बनाउन लागेको हो । औद्योगिक क्षेत्रका लागि ऐलानी जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले पाइसकेको छ ।
उक्त औद्योगिक क्षेत्र हेटौंडा बजारबाट करिब ७ किलोमिटर टाढा पर्दछ भने हेटौंडा–पथलैया सडकको पशुपतिनगरबाट करिब ३ किमि पश्चिममा छ । उक्त क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने भएपछि मयुरधाप, ब“देलधाप, कालोपानी, पदमपोखरीको रातोमाटे डा“डाका स्थानीय खुशी छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनसार मयुरधापको चुरेबन र सोवरपरको खाली जग्गासमेतलाई ओगट्ने गरी ३ सय बिगाहा जग्गामा मयुरधाप औद्योगिक क्षेत्र घोषणा भएको हो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नया“ औद्योगिक क्षेत्र बनाउने गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपूर्जा मयुरधाप औद्योगिक क्षेत्रका नाममा गरेको थियो ।

औद्योगिक क्षेत्र तयारीका लागि करिब साढे सात अर्ब खर्च अनुमान गरिएको छ । डीपीआर तयारीपछि मुद्रण विभागले नोट छाप्ने उद्योग स्थापनाको सम्झौता गरेपछि बा“की जमिनलाई चारदेखि १४ रोपनीसम्मका गरी ६३ वटा प्लटमा विभाजन गरिएको छ ।
औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले दुई वर्षदेखि बजेट विनियोजन गरिरहेको छ । तर, पर्याप्त काम हुन नसक्दा बजेट फ्रिज हुने गरेको छ । चालु आवमा पनि संघीय सरकारले करिब ३१ करोड रुपिया“ मयुरधाप औद्योगिक क्षेत्रका लागि छुट्याएको छ ।

बिस्तृत परियोजना प्रतिवेदन सम्बन्धि कार्यका रुपमा उद्योग स्थापनाका लागि आशयपत्र माग गर्दा २ सय ५० वटा आशयपत्र परेका थिए । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबमोजिम सुरक्षण मुद्रण विभागलाई मुद्रण प्रेस स्थापना गर्न २ सय ५० रोपनी जग्गा उपलब्ध गराइएको छ । उक्त क्षेत्रमा हेलिप्याड, सशस्त्र गण, पेट्रोल पप्प, बिजुली स्टेसन, हेभी गाडी पार्किङ, वाटर ट्यांक, स्टाफ क्वार्टर, ल्याबलगायत संरचना निर्माण गरिने जनाइएको छ ।

हालै भएको सार्वजनिक सुनुवाइमा स्थानीयले औद्योगिक क्षेत्रमा रहेका उद्योगमा स्थानीयलाई प्राथमिकता हुनुपर्ने, वातावरणमैत्री उद्योग सञ्चालनका लागि आवश्यक प्रवन्ध मिलाउनु पर्नेलगायत माग राखेका थिए । सार्वजनिक सुनुवाइमा आएका स्थानीयको माग र धारणा सम्बोधन गर्न आवश्यक पहल गरिने बताइएको छ ।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भूमिपुजन गर्दै औद्योगिक क्षेत्र शिलान्यास गरेका छन् । मन्त्री भट्टले राजनीतिक स्थिरता नभएसम्म औद्योगिक क्षेत्रको विकास नहुने बताए । विकास र निर्माणको लागि राजनीतिक स्थिरता हुनुपर्नेमा भन्दै उनले घरभित्र नै ‘प्रतिपक्ष’ को भूमिका खेल्नेहरुको हाबी भएपछि केही अप्ठ्यारा उत्पन्न भएको गुनासो गरे ।

मन्त्री भट्टले अर्थतन्त्रलाई गतिशील र आत्मनिर्भरउन्मुख गराउन संघीय सरकारले प्रत्येक प्रदेशमा नया“ औद्योगिक क्षेत्रको विस्तार गर्न लागेको बताए । मन्त्री भट्टले निर्यातमुखी उद्योगलाई आत्मनिर्भर बनाउन भन्दै संघीय सरकारले प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र विस्तार गर्न लागेको बताए् । उनले यसका लागि मौजुदा ऐन÷कानुन परिमार्जन गरी उद्योगलाई अघि बढाउने सरकारको लक्ष्य रहेको बताए ।

उनले प्रत्येक उद्यमी र उद्योग व्यबसायीले वाह्य देशबाट आपूर्ति हुने खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा र विद्युतीय सामग्रीलाई निरुत्साहित गरी स्वदेशमा नया“ उद्योग स्थापना गर्न सरकारले नया“ सोच र चिन्तनसाथ गुरुयोजना ल्याउने बताए । उनले सोहीअनुरुप उद्यमीलाई निर्यातयोग्य उद्योग स्थापनाको लक्ष्य बनाउन आग्रह गरे ।

प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई औद्योगिक नगरका रुपमा विकास गरिने बताउ“दै उद्योगको नाममा जग्गा ओगट्नेमात्र नभएर उद्योग नै सञ्चालन गरी अर्थतन्त्र विकासमा लाग्न आग्रह गरे ।

राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा। पुष्पराज क“डेलले निर्यातमुखी नभएसम्म मुलुकमा आर्थिक परिवर्तन नहुने बताए । औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेड अध्यक्ष नन्दकिशोर बस्नेतले ६ महिनाभित्र बिजुलीसहित संरचना निर्माण गरिने जानकारी दिए । निर्माण कार्य यथाशीघ्र प्रारम्भ गर्ने लक्ष्य रहेको हेटौंडा औद्योगिक क्षेत्र प्रवन्धक राजेन्द्रप्रसाद क“डेलले बताए ।

औद्योगिक क्षेत्रमा २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरिसकिएको छ । औद्योगिक क्षेत्रमा विभिन्न उद्योग स्थापना गरी सञ्चालन हु“दा प्रत्यक्ष÷परोक्ष गरी करिब १० हजार जनाले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ ।

मन्त्री भट्टले मयुरधाप औद्योगिक क्षेत्र स्थापनाका लागि योगदान गर्ने संविधानसभा सदस्य अनन्तप्रसाद पौडेललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उद्योग संघ मकवानपुर अध्यक्ष लेखराज पोखरेल, वडाध्यक्ष दीपक खड्का र जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*