मकवानपुरगढी–हरिहरपुरगढी र सिन्धुलीगढी सम्मको साइकल यात्रा हुने

जनपत्र
१४ फाल्गुन २०७७, शुक्रबार १८:११

हेटौंडा । मकवानपुरगढी–हरिहरपुर गढी र सिन्धुली गढी सम्मको साइकल यात्रा हुने भएको छ । यही फागुन २१ गते साइकलयात्रा सुरु भएर फागुन २४ गते सम्पन्न गर्ने कार्यक्रम रहेको छ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी दिएको हो ।

बागमती प्रदेशभीत्र रहेका ९ वटा गढीहरुको संरक्षण, पबद्र्धन गर्दै पर्यटन बिकाशका लागि प्रदेश सरकारले गढीको संरक्षण कार्यक्रम गर्न लागेको हो । मन्त्रालय, बिभीन्न संघसंस्था र स्थानीय तह समेतको साझेदारीमा कार्यक्रम गर्न लागिएको मन्त्रालयका सचिब सिन्धु प्रसाद ढुंगानाले वताउनुभयो ।

मकवानपुर गढीबाट सुरु हुने कार्यक्रम सिन्धुली गढीमा गएर समापन हुने छ । यस कार्यक्रमले गढीको पहिचान तथा प्रवद्र्धनमा बृद्धी गर्ने, आन्तरिक पर्यटनमा बृद्धी गर्ने, गढीहरुमा नमुना पर्यटन क्षेत्र वन्नमा टेवा पुर्याउने काम गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*