हेटौंडाको हुप्राचौरमा आज देखि मेयर कप फुटबल प्रतियोगिता सुरु हुँदै

जनपत्र
१४ फाल्गुन २०७७, शुक्रबार ०६:५३

हेटौंडा । हेटौंडाको हुप्राचौरमा आज देखिबाट मेयर कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । खेलको सबैजसो तयारी पुरा भएको छ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा मेयर कप हुन लागेको हो । खेलको उद्घाटन् आज दिउसो २ बजे हुप्राचौरमा हुने आयोजकले जनाएको छ ।

आजबाट सुरु हुने मेयरकप प्रतियोगिता फागुन २४ गते सम्म सञ्चालन हुने छ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा हेटौंडा उपमहानगरको १९ वटै वडाको सहभागिता रहने समिति अध्यक्ष चन्द्र शाहीले जानकारी दिए । ‘मैदान निर्माण, प्राविधिक तयारी तथा वडा तहमा टिम निर्माणका लागि हामीले समन्वय गरेर काम गरिरहेका छौं ।’, अध्यक्ष शाहीका अनुसार प्रतियोगिताका लागि प्रचारप्रसार तथा खेल तालिका निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैया“, उपविजेताले नगद एकलाख ५० हजार रुपैया“सहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैया“, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पा“च÷पा“चहजार रुपैया“ प्रँप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*