मकवानपुर उद्योग बाणिज्यसंघको अध्यक्ष पदमा राजकुमार न्यौपानेले उमेदवारी घोषणा

जनपत्र
१३ फाल्गुन २०७७, बिहीबार १८:२३

हेटौंडा । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग बाणिज्यसंघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले आज उमेदवारी घोषणा गर्नु भएको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै व्यावसायीको हितका लागि उद्योग बाणिज्यसंघको जिल्ला अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नु भएको हो । आगमी चैतमा हुने निर्वाचनमा अध्यक्ष पदमा उमेदवारी दिन लागेको उहाँले वताउनुभयो । जिल्लामा निषधको राजनीति धेरै भएकाले आफुले उमेदवारी दिनुपरेको वताउनु भयो ।

व्यावसायीलाई कठिनाइ पर्दा हरेक तवरले आफुले सहयोग गर्ने उहाँले वताउनुभयो । हेटौंडामानै अर्को औद्योगिक क्षेत्र समेत निर्माण हुन लागेकाले यहाँ उद्योगहरु धेरै भित्रयाउनुपर्ने वताउनुभयो । आफुले अध्यक्ष पदमा कसैलाई पनि सहयोग नगर्ने र जित हारको फैसला मकवानपुरका व्यावसायीहरुले गर्ने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*