हेटौंडाको नबलपुरमा ट्रकको ठक्करबाट श्रेष्ठको मृत्यु

जनपत्र
१३ फाल्गुन २०७७, बिहीबार ०८:१७

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रकको ठक्करबाट मयुरी चाललको मृत्यु भएको छ।
आज बिहान मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताउनुभयो ।

मृत्यु हुनेमा मयुरी चालक हेटौंडा–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको रानाले वताउनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारको लागि चुरेहिल अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*