जिल्ला युवा समिति मकवानपुरको अध्यक्षमा दाहाल

जनपत्र
१२ फाल्गुन २०७७, बुधबार २०:१०

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला कमिटी सदस्य तथा युवा नेता शिबहरि दाहाल जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को निर्णय बमोजिम जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष पदमा दाहाल नियुक्त हुनुभएको हो ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले दाहाल सहित ७१ जिल्लामा अध्यक्ष पद मनोनयन गर्ने निर्णय गरेको छ । युवा समितिको ६ जिल्लामा अध्यक्ष पद वहाल नै रहेको बताएको छ । २०५८ देखि बिद्यार्थी आन्दोलनमा नेतृत्व गरेका दाहाल
स्कुल प्रारम्भिक कमिटीको अध्यक्ष, हेटौंडा नगर कमिटी अध्यक्ष, २०६६ सालमा जिल्ला कमिटीको अध्यक्ष हुँदै २०६९ सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य समेत भैसकेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*