हेटौंडामा मेयर कप फुटबलको तयारी पुरा

हेटौंडा । हेटौंडाको हुप्राचौरमा यही फागुन १४ गतेबाट सुरु हुने मेयर कप फुटबल खेलको सबैजसो तयारी पुरा भएको छ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा यसका बारेमा जानकारी दिइएको हो ।
कार्यक्रममा बोल्दै मेयर हरि बहादुर महतले खेलाडी उत्पादन गर्ने क्षेत्रमा आफुहरु लागिपरेको वताउनुभयो । हेटौंडामा आफु विजयी भएर आएपछी धेरै खेलकुदका पुर्वाधार निर्माण गरेको र खेलाडी उत्पादनका लागि धेरै रकम खर्च गरिएको वताउनुभयो । मेयर कप फुटबललाई भव्य र सभ्य बनाउन उहाँले आग्रह गर्नुभयो ।
हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर) सञ्चालन हुने प्रतियोगिता फागुन १४ गतेबाट २४ गतेसम्म सञ्चालन गर्ने सोमबार बसेको आयोजक समितिको बैठकले निर्णय गरेको हो । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहने भएको छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरको १९ वटै वडाको सहभागिता रहने समिति अध्यक्ष चन्द्र शाहीले जानकारी दिए । ‘मैदान निर्माण, प्राविधिक तयारी तथा वडा तहमा टिम निर्माणका लागि हामीले समन्वय गरेर काम गरिरहेका छौं ।’, अध्यक्ष शाहीका अनुसार प्रतियोगिताका लागि प्रचारप्रसार तथा खेल तालिका निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैया“, उपविजेताले नगद एकलाख ५० हजार रुपैया“सहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैया“, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पा“च÷पा“चहजार रुपैया“ प्रँप्त गर्नेछन् ।