हेटौंडामा २ वटा सुमो ठोकिदा ११ जना घाइते

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको चौकिटोलमा दुइवटा टाटासुमो ठोकिदा ११ जना यात्रु घाइते भएका छन् । हेटौंडा र काठमाण्डौबाट यात्रु बोकेर आएका सुमो ठोकिएको हो ।
यात्रु बोकेर हेटौंडाबाट काठमाडौं जादै गरेको प्रदेश–३ –०३–००१ज ००२९ नम्बरको सुमो र विपरित दिसाबाट आउदै गरेको ना १ ज २४६० नम्बरको ठक्कर खाई दुर्घटना हुँदा दुवै सुमोका ११ जना घाइते भएका छन।
घाइतेहरूको हेटौंडाका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताउनुभयो । दुवै सुमो प्रहरीको नियन्त्रणमा रहेको छ।