बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका यस्ता छन् महत्वपुर्ण काम

जनपत्र
११ फाल्गुन २०७७, मंगलवार ०७:४६

हेटौंडा । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापित भई सञ्चालनमा आएको छ । यसले प्रदेशको स्वास्थ्य क्षेत्रलाई आवश्यकपर्ने दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादन गर्न तथा प्रदेशमा सञ्चालन भएका अस्पताललाई व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ ।

एक विद्यालय एक नर्स कार्यक्रमअनुरूप प्रदेशभित्रका १ सय १९ वटै स्थानीय तहका कम्तीमा एक सरकारी माध्यामिक विद्यालयमा हुने गरी जम्मा ३ सय ५९ विद्यालयमा नर्स कार्यरत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम अन्तर्गत ३३ सामुदायिक विद्यालयमा विषयगत प्रयोगशाला स्थापना, ७० सामुदायिक विद्यालयमा इलाइब्रेरी तथा स्माटबोर्डसहितको आइसीटी ल्याब स्थापना भइसकेको छ भने चालू आव २०७७÷७८ मा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला र ५० वटा विद्यालयमा आइसीटी ल्याबको स्थापनाको कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

सामुदायिक विद्यालयको शिक्षक दरबन्दीको अभावलाई सहायता प्रदान गर्न शिक्षण सिकाइ अनुदान र शिक्षकको पेशागागत विकास कार्यक्रम अन्तर्गत शून्य दरबन्दी भएका २ सय ६२ सामुदायिक विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञान विषयमध्ये कुनै एक विषयमा शिक्षक अनुदान उपलब्ध गराइएको छ । बाबुआमा दुबै नभएका बालबालिकाको संरक्षण गर्न स्थानीय तहमार्फत सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत मासिक दुई हजार उपलब्ध गराउने व्यवस्था गरिएको छ । क्यान्सरका बिरामीलाई सङ्घीय सरकारबाट प्रदान गरिने सुविधामा प्रदेश सरकारबाट थप ५० हजार उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्रालयका सचिब दिपक काफ्लेले वताउनुभयो ।

प्रदेश सरकार अन्तर्गतको ८ वटा अस्पतालको क्षमता विस्तार गरी सघन उपचार केन्द्र तथा एचडियु कक्षको व्यवस्था गरिएको प्रबक्ता डाक्टर पुरुषोत्तमराज सेढाईले जनाकारी दिनुभयो । स्थानीय तहमा रहेका अस्पताल र स्वास्थ्य संस्था भवन निर्माण गरिएका छन् । प्रदेशभित्रका अस्पतालकोस्तर सुधार कार्यक्रम अनुरूप १३ जिल्लाका स्थानीय तहमा रहेका १७ अस्पताल र स्वास्थ्यचौकीको भवन निर्माण भइरहेको छ । उच्च शिक्षामा शैक्षिक गुणस्तर सुनिश्चितताका लागि सामुदायिक क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रमअन्तर्गत ८०स सामुदायिक क्याम्पसको भौतिक सुदृढीकरण गरिएको छ । ४० सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ ।

“वाग्मती प्रदेशको इच्छा, छोरीबुहारीलाई उच्च शिक्षा” कार्यक्रमअन्तर्गत ३९८ छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गरेको छ । चालू आर्थिक वर्षमा पनि ५०० जनालाई उपलब्ध गराइने कार्यक्रम छ । प्रत्येक जिल्लामा एक रङ्गशाला, प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा कभर्ड हल र स्थानीय तहमा खेल मैदानको निर्माण गरिएको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको प्रबद्र्धन गर्न गौरीटार मकवानपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणाधीन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*