प्र्यांक भिडियो बनाउँदा ज्यान गयो !

जनपत्र
११ फाल्गुन २०७७, मंगलवार ०५:५९

सोसल नेटवर्किङ साइटमा प्र्यांक भिडियो बनाउँछन् । तर कहिले भने यसै मजाकले ज्यान धरापमा पर्न सक्छ । एउटा यस्तै घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । यो घटना अमेरिकाको हो । एक २० वर्षीय युवकले प्र्यांक भिडियो गरेकै कारण ज्यान गुमाउनु पर्यो । उनी आफ्ना साथीसँग पार्कमा भिडियो शूट गरिरहेका थिए ।

उनीहरुले लुटेराको ड्रेसमा पार्कमा रहेकालाई लुटिरहेको जस्तो गरिरहेका थिए । तर उनीहरु साँच्चिकै भएको सम्झिएर गोली चलाए । र उनको ज्यान गयो । अमेरिकाका न्याशविलेमा टिमोथी विल्क्स नामका २० वर्षीय युवक पार्कमा प्र्यांक भइरहेका बेला यस्तो घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*